चर्चित कमेडियन भारती सिंहले पति हर्षसंग मिलेर गरिन नयाँ काम सुरु — OSNepal

चर्चित कमेडियन भारती सिंहले पति हर्षसंग मिलेर गरिन नयाँ काम सुरु

LC (KTM) December 28, 2021 0

भारतीय चर्चित कमेडियन भारती सिंहले पति हर्ष लिंबाचिया संग मिलेर आफ्नो एक युटुब च्यानल लन्च गरेकी छिन् । उनको युटुब च्यानलको नाम रहेको भारती टिभि । यस नयाँ च्यानलमा कैयौ कमेडि शो होस्ट गरीनेछ ।

यस च्यानलको माध्यमबाट दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिने बताइएको छ । साथै यस युटुब च्यानलमा टेलिभिजन शो जस्तो क्वालिटीमा पनि एकदमै ध्यान दिइने छ । यस च्यानल आफ्नो फस्र्ट शो लन्च गर्नको लागि एकदमै तयार अवस्थामा रहेको छ ।

यस शो को नाम द ग्रेट इण्डियन गेम शो राखिएको छ । यो चाँडै नै आउने बताइएको छ । च्यानलको बारेमा कुरा गर्दै भारतीले भनिन्– टेलिभिजन तथा मनोरञ्जनको क्षेत्रमा काम गरेपछि म तथा हर्ष आफ्ना वफादार दर्शक जो हामीलाई हरेक दिन देख्नका लागि काफि उत्साहित छन् उनीहरु संग जोडिन चाहन्थ्यौ ।

टेलिभिजनमा केही समयको लिमिटेशन हुन्छ तर अब युटुबको माध्यमबाट हाम्रो दर्शकले हामीलाई कहि पनि जुनसुकै बेला पनि देख्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर