यस्ता छन् बेथेको सागका अपत्यारीला फाइदै फाइदा जसको सेवनल धेरै औषधीको काम गर्छ — OSNepal

यस्ता छन् बेथेको सागका अपत्यारीला फाइदै फाइदा जसको सेवनल धेरै औषधीको काम गर्छ

LC (KTM) December 28, 2021 0

काठमाडौँ — बेथेको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा प्रयोग हुने तरकारी पनि हो ।

बेथेको सागमा थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ । बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ ।

भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।

बेथे उमालेको पानीले कपाल पखाल्दा जुम्राबाट मुक्ति पाइन्छ । यसो गर्दा कपालसमेत स्वस्थ बनाउँछ ।कपालको प्राकृतिक रंग यथावत् रहन्छ । मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर