रणबीर सिंह भन्छन्– दीपिका लाई पहिलो पटक भेट्दा उनी ठुलो स्टार थिईन्, म भन्दा बढी पैसा कमाउँथिन् — OSNepal

रणबीर सिंह भन्छन्– दीपिका लाई पहिलो पटक भेट्दा उनी ठुलो स्टार थिईन्, म भन्दा बढी पैसा कमाउँथिन्

LC (KTM) December 28, 2021 0

बलिउडको एकदमै मायालु जोडी दीपिका पादुकोण र रणवीर सिंह फ्यानमाझ निकै चर्चित रहेका छन् । प्रायः दुवै आफ्नो स्टाइल, फेसनका कारण हेडलाइनमा आई नै रहन्छन्। अहिले रणवीर सिंह आफ्नो फिल्म ८३ को सफलताको मजा लिइरहेका छन् । यसैक्रममा हालैको एक अन्तर्वार्तामा रणवीर सिंहले दीपिका पादुकोण सँगको भेटको बारेमा खुलेर बताएका थिए ।

फिल्म कम्प्यानियन सँगको कुराकानीमा रणवीर सिंहले भन्छन्– म आफ्नो स्किनमा धेरै सुरक्षित महसुस गर्छु। मेरी श्रीमतीले केही हासिल गर्दा म सबैभन्दा खुसी हुन्छु। जब मानिसहरूले तिमी अर्कै हौ , फरक छौ भन्छन्, तब मलाई मन पर्छ । म सधैं एक सुरक्षित व्यक्ति भएको छु । जब मेरी श्रीमतीले केहि हासिल गर्छिन्, तब सायद म भन्दा धेरै गर्व अरु कसैले गर्दैन होला । दीपिकासँगको पहिलो भेटबारे रणवीरले उक्त अन्र्तबार्तामा खुलेर आफ्ना कुरा राखेका छन् ।

उनले भने– जब हाम्रो भेट भयो, दीपिका मभन्दा धेरै कमाउने ठूली स्टार थिइन् । आज पनि म उनको उपलब्धिमा धेरै गर्व गर्छु। यसैबीच रणवीर सिंहको फिल्म ८३ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । रणवीरले यो फिल्मको सफलताको जिम्मेवारी आफूलाई मात्र दिएका छैनन्, फिल्ममा खेलेका बाँकी पात्रहरूलाई पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर