बचपनका प्यार गाएर भाइरल भएका सहदेवको सडक दुर्घटना, टाउकोमा गंभीर चोट, मुख्यमन्त्रीले राम्रो उपचार गर्न दिए निर्देशन — OSNepal

बचपनका प्यार गाएर भाइरल भएका सहदेवको सडक दुर्घटना, टाउकोमा गंभीर चोट, मुख्यमन्त्रीले राम्रो उपचार गर्न दिए निर्देशन

LC (KTM) December 28, 2021 0

बचपनका प्यार’ गीत गाएर चर्चामा आएका सहदेव दिर्डो सडक दुर्घटनामा परी घाइते भएका छन् । सुकमा अस्पतालमा सहदेवको प्रारम्भिक उपचारपछि उनलाई जगदलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । उनको टाउकोमा चोट लागेको छ । घटनाको खबर सुनेर छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले सुकमा कलेक्टरलाई फोन गरी सहदेवको राम्रो उपचार गर्न निर्देशन दिएका छन् ।

सीएमओ कार्यालयले ट्वीट गर्दै यो जानकारी दिएको हो । लेख्छन्- मुख्यमन्त्री श्री भुपेश बघेल सहदेव डिर्डोको दुर्घटनाको खबरमा शोक व्यक्त गर्दै, कलेक्टर श्री विनीत नन्दनवार श्री शुकमा लाई यथाशीघ्र उत्तम चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ। गायक तथा र्या पर बादशाहले पनि ट्विट गर्दै सहदेवको स्वास्थ्यबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्,– म सहदेवको परिवार र साथीहरूसँग सम्पर्कमा छु । उनी अझै अचेत अवस्थामा छन्, अस्पताल लैजाने क्रममा । म उनको लागि खडा छु। तपाईको प्रार्थना आवश्यक रहेको छ। सहदेव छत्तीसगढका बासिन्दा रहेका छन् । महामारीको बेला घरमै बसेर धेरैले भिडियो र रिल्स बनाउँदै गर्दा सहदेवको ‘बचपनका प्यार’ गीत पनि निकै चर्चित भयो । सामाजिक सञ्जालले उनलाई रातारात स्टार बनाई दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर