राष्ट्रपति र मलाई अपमान गर्नेहरु आफुलाई सम्य ठान्ने भात नखाने खालका समुह हुन् : प्रधानमन्त्री ओली — OSNepal

राष्ट्रपति र मलाई अपमान गर्नेहरु आफुलाई सम्य ठान्ने भात नखाने खालका समुह हुन् : प्रधानमन्त्री ओली

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शिक्षित तथा उच्च पदमा पुगेकाले नै मर्यादा बिर्सिएको बताएका छन् । आफु राष्ट्रपति प्रति उच्च तहमा पुगकाले नै मर्यादा नगरेको प्रति ओलीले अशन्तुष्ट जनाएका हुन् ।हिजो आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले पटक पटक आफु र राष्ट्रपतिमा गरेको अपमानले गणतन्त्रकै विरोध हुने बताएका हुन् ।

केहि समय अगाडी पनि ओलीले राष्ट्रपतिलाई तिमि, गरिन् ,छिन् जस्ता भाषा प्रयोग गरेको भनी सञ्चारमा माध्यममा गुनासो गरेका थिए । पछिल्लो समय संसद विघटन भएपछि राष्ट्रपति विरुद्ध अमर्यादित रुपमा विपक्षी दलहरु, पेशाकर्मी, राजनीतिक विश्लेषक र सञ्चार माध्यमले राष्ट्रपतिको आलोचना गर्दै आएको सन्दर्भमा ओलीले यस्तो भनेका हुन् । उच्च पदमा रहेका व्यक्तिको अपमान र मनपरी अश्लिल गाली गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति समाजका लागि हानिकारक हुने बताएका ओलीले भने , ‘उच्च मर्यादामा रहेका व्यक्तिहरुको अपमान र मनपरी अश्लिल भाषामा उसलाई गाली गर्नुलाई बहादुरी ठान्ने त्यस प्रकारको प्रवृत्ति समाजका लागि कति हानिकारक छ हामी विचार गर्न सक्छौं’।

यस्ता अमर्यादित भाषा पयोग गर्ने भात खाने नभई आफुलाई सभ्य ठान्ने पिज्जा खाने समुह हो । ‘अत्यन्तै हानिकारक प्रवृत्ति । तर, यो अरु कुनै जिवजन्तुले होइन, आफू पढेलेखेको हुँ भन्ने, जान्ने सुन्ने भन्ने, सभ्य छु भन्ने भात होइन पिज्जा खाने खालका । त्यस्ताहरुबाट यस्ताखालका कामहरु भइराख्या छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर