कारागारबाट कैदी भगाउने जेलर यामरामसहित ९ जना सुरक्षाकर्मी समातिए — OSNepal

कारागारबाट कैदी भगाउने जेलर यामरामसहित ९ जना सुरक्षाकर्मी समातिए

LC (KTM) December 29, 2021 0

दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समि चौधरी, सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ । उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुुगेका थिए । थकाली होटलमा दुुई महिलासहित पुुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुुनेर भागेका थिए ।

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरवाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरुदाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर