कोदोसँग चामल साट्दै, हेर्नुहोस् फोटोफिचर — OSNepal

कोदोसँग चामल साट्दै, हेर्नुहोस् फोटोफिचर

LC (KTM) December 29, 2021 0

अछामकाे चौरपाटी गाउँपालिकामा बाँझो रहेका जग्गा उपयोग गर्न गाउँपालिकाले कोदोसँग चामल साट्ने अभियान चलाएकाे छ । याे अभियानबाट गाउँपालिकाले २२ क्विन्टल कोदाे संकलन गरेकाे छ । संकलन गरेकाे काेदाेबाट बेर्ना उमारेर बाँझाे जमिनमा लगाउने गाउँपालिकाकाे याेजना छ ।

दार्चुलाकाे ब्यासमा भारी हिमपात, जनजीवन कष्टकर : दार्चुला, १४ पुस । दार्चुलाको हिमाली क्षेत्र ब्यास गाउँपालिकामा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षा र हिमपात हुँदा गाउँबस्तीसम्म हिउँ पुगेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा ब्यासका शिक्षक पदमराज भट्टले जानकारी दिए ।

ब्यास गाउँपालिकाको कार्यालयभन्दा तल्लो क्षेत्रसम्म हिउँ पुगेको छ । हिउँ निरन्तर परिरहेकाे उनले बताए । हिमपातले चिसो अत्यधिक बढेपछि जनजिवन कष्टकर बनेको छ ।

ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, २ को राप्ला, दुम्लीङ, ४ को सुन्सेरा, डोकट, ५ को धौलाकोट र ६ को हुती लगायतका बस्तीमा हिउँ परेको छ ।
कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रैमहिना बस्ने गरेको छ ।

दार्चुलाका उच्च पहाडी क्षेत्रका बस्ती दुहुँ गाउँपालिकाको पिपलचौरी, हिकिला, मालिकार्जुनको न्वालपानी, शैल्यशिखरको बरमुडे लगायतका स्थानमा समेत हिमपात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर