विद्युतको माग उच्च वृद्धि भएपछि प्राधिकरण सकसमा — OSNepal

विद्युतको माग उच्च वृद्धि भएपछि प्राधिकरण सकसमा

LC (KTM) December 29, 2021 0

काठमाडौं । चिसो बढेसँगै घरायसी खपत उच्च भइरहँदा काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले सकस भोगिरहेको छ ।वितरण लाइन तथा ट्रान्सफर्मरको क्षमताले थेग्ने भन्दा धेरै लोड सिर्जना हुँदा ट्रान्सफर्मर पड्कने तथा तार जल्दा कतिपय स्थानमा विद्युत् आपूर्ति नै अवरुद्ध हुने समस्या बढेको हो ।

केही दिनयता काठमाडौँ उपत्यकामा माग पनि अत्यधिक बढेको छ । गत वर्ष मध्य पुसमा उपत्यकामा उच्च समयमा करिब तीन सय मेगावाट माग थियो तर सोमबार काठमाडौँ उपत्यकामा साँझ ६ बजे देखि ६ः३० सम्ममा माग ४५० मेगावाट पुग्यो भने मङ्गलबार (आज) दिउँसो १ बजे नै माग ४३० मेगावाट पुगेको छ ।

काठमाडौँ उपत्यकाका खास गरी बागमती र विष्णुमती नदीबीचको क्षेत्र र चक्रपथ बाहिरका क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।ललितपुरको इमाडोल क्षेत्रमा तीन दिनदेखि यही समस्याले उपभोक्ता आक्रान्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर