अभिनेत्री कैटरिनाका पति विक्की कौशलले करिनाकी छोरी सारालाई सुटुक्क सिउँदोमा सिन्दुर र निधारमा टिका लगाएको भिडियो भाइरल — OSNepal

अभिनेत्री कैटरिनाका पति विक्की कौशलले करिनाकी छोरी सारालाई सुटुक्क सिउँदोमा सिन्दुर र निधारमा टिका लगाएको भिडियो भाइरल

LC (KTM) December 29, 2021 0

अभिनेता विक्की कौशल र सारा अली खानले आफ्नो नयाँ फिल्मको सुटिङ सुरु गरेका छन् । फिल्मको नाम भने खुलाइएको छैन तर सेटबाट दुवैको फोटो र भिडियो भाइरल भएको छ । हालै विक्की र साराको एउटा तस्बिर इन्टरनेटमा भाइरल भएको थियो । अहिले नयाँ तस्बिरमा दुवै स्टार आफ्ना फ्यानसँग सेल्फी खिचिरहेको देखिएका छन् ।

फ्यानपेजमा भाइरल भएको यो फोटोमा कोलकाताको लोकेशन ट्याग गरिएको छ । यसमा सारालाई सिउँदोमा सिन्दुर, निधारमा टिका , नाकमा सानो फुलि गृहिणी जस्तो देखिन्छ । विक्कीको लुक्स पनि मध्यम वर्गीय परिवारको पुरुषको जस्तो देखिन्छ । फ्यानले तस्बिर सेयर गर्दै दुवै कलाकारको तारिफ गरेका छन् । सारा अली खानसँग विक्की कौशल कति राम्रो देखिन्छन्।

प्रयोगकर्ताको कमेन्ट हेरेर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरु यी दुई स्टारलाई एकअर्काको अपोजिट रोलमा देख्न उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसअघि सारा र विक्की इन्दौरको सडकमा बाइकमा देखिएका थिए । रिपोर्टका अनुसार, विक्की इन्दौरमा थिए जहाँ उनी आफ्नो आगामी फिल्मको सुटिङ गरिरहेका थिए। इन्दौरबाट उनको तस्बिर पनि भाइरल भएको छ जसमा उनी सारालाई बाइकमा पछाडी बसाएर कुदिरहेको देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर