फिल्म जर्सीको रिलिज डेट पर धकेलिएपछि तनाबमा शाहिद कपुर — OSNepal

फिल्म जर्सीको रिलिज डेट पर धकेलिएपछि तनाबमा शाहिद कपुर

LC (KTM) December 29, 2021 0

भारत यतिबेला कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रासपुर्ण अवस्था बाट गुज्रिरहेको छ । यसको प्रत्यक्ष असर अब बलिउड जगतमा पनि पर्न सुरु गरिसकेको छ । ओमिक्रोन त्रासको कारण शाहिद कपुर स्टारर बलिउड फिल्म जर्सी पनि प्रभावित भएको छ । रिलिज हुन २ दिनमात्र बाँकि रहदा अनिश्चितकालको लागि पोस्टपोन्ड भएको छ ।

आगामी शुक्रबार रिलिज हुने पूर्वनिर्धारित मितिबाट प्रदर्शनलाई स्थगित गर्ने निर्णय भएको निर्माण पक्षले जनाएको छ । यसअघि शाहिदको फिल्म ओटीटी प्लाटफर्ममा रिलिज हुने हल्ला चलेको थियो । यस फिल्मका बारे हल्ला चलेको थियोृ । ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्लाको पनि खण्डन गरिएको छ । रिलिजको लागि दुई दिनमात्र बाँकी रहँदा मंगलबार प्रदर्शन स्थगित गर्ने निर्णय बाहिरिएको हो ।

फिल्मलाई हलमै रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको अर्काे रिलिज डेट आगामी साता घोषणा हुने जनाइएको छ । भारतको राजधानी दिल्ली पछिल्लो समय ओमिक्रोनको हटस्पट बनिरहदा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्ध एकदमै कठोर प्रतिबन्धहरुको घोषणा समेत गरेका छन् । मंगलबारदेखि दिल्लीका फिल्म हलहरु, मनोरञ्जन पार्क र स्पाहरु बन्द गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर