अभिनेत्री राखी सावन्त र शिल्पा शेट्टीकी बहिनी बिचको मामला के हो ? 'बिग बोस' बाटै धरधरि आँशु झार्दै बाहिर निस्किन समिता — OSNepal

अभिनेत्री राखी सावन्त र शिल्पा शेट्टीकी बहिनी बिचको मामला के हो ? ‘बिग बोस’ बाटै धरधरि आँशु झार्दै बाहिर निस्किन समिता

LC (KTM) December 29, 2021 0

बिग बोसको घरमा शमिताले बनाएको भाइ राजीव आडतियाले बिग बोसको घरमा रहदा धेरै सम्झना बनाए तर केही हप्तामै उनी घरबाट आउट भए । त्यसयता उनले बिग बोसका धेरै सम्झनाहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । यसैबीच, उनले आफ्नी बहिनी शमिता शेट्टीको पीडा वर्णन गर्दै एक इन्स्टा स्टोरी राखेका समेत छन्।

जसमा उनले शमितालाई कत्तिको पीडामा छ भन्ने थाहा भएको बताएका छन् । अब अभिनेत्री शिल्पा शेट्टीले पनि आफ्नो इन्स्टाग्राम ग्राममा राजीवको कथा रिपोस्ट गरेर बहिनीलाई समर्थन गरेकी छिन् । वीकेन्ड का वारमा शमिताको नक्कल गर्दै राखी सावन्तले उनको मजाक गरे पछि यो पोस्टहरु बाहिर आएको हो ।

वीकेण्डको बारमा जब सलमान खानले शमितालाई हातमा कुनै समस्या छ कि छैन भनेर दर्शकले जान्न चाहेको सोधेका थिए । तर उनले बताउन अघि राखी सावन्तले उनको मजाक गर्छिन् त्यसपछि शमिता रुँदै कोठाबाट निस्किन्छिन् । तर उनका भाइ राजीव र शिल्पा शेट्टीले सामाजिक सञ्जालमा आफ्नो पीडा व्यक्त गरेका छन् ।

शमिताको कहानी सेयर गर्दै राजीवले लेखेका छन्–यतिखेर शमिता निकै पीडामा छिन् भन्न चाहन्छु । म शमिताको हात र खुट्टामा मालिस गर्थें ताकि उनलाई राम्रो होस् र राम्रो निद्रा लागोस्। शमिताको काँधमा दुखाइ छ, जसको उपचार उनले गर्थिन्, तर उनले अहिलेसम्म हार मानिनन् , उनी साँच्चै बलियो केटी हुन् । शमिता बिना कुनै गुनासो घरमा काम गर्ने गरेको समेत शिल्पाले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर