OSNepal मंगलबार, माघ ११ २०७८

एउटै मोटरसाइकलमा हुँइकिएका झापाका यी तीन युवक एकसाथ अस्ताए

एउटै मोटरसाइकलमा हुँइकिएका झापाका यी तीन युवक एकसाथ अस्ताए

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


एउटै मोटरसाइकलमा हुँइकिएका झापाका यी तीन युवक एकसाथ अस्ताए
Reading Time: < 1 minute

झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड