होमवर्क नगरेको भन्दै शिक्षकले सुरक्षालाई निर्घात कुटपिट गरे — OSNepal

होमवर्क नगरेको भन्दै शिक्षकले सुरक्षालाई निर्घात कुटपिट गरे

LC (KTM) December 29, 2021 0

काठमाडौ । इटहरीस्थित चन्द्र मेमोरियल इङलिसका कम्प्युटर शिक्षक सुजन दाहालले होमवर्क नगरेको भन्दै छात्रामाथि कुटपिट गरेका छन् ।

शिक्षक दाहालले कक्षा ५ मा अध्ययनरत छात्रा १० वर्षीया सुरक्षा तामाङमाथि निर्घात कुटपिट गरेपछि यो विषय बाहिरिएको हो । शिक्षक दाहालले सुरक्षालाई निर्घात कुटपिट गरेपछि यो विषय अहिले देशभरका मिडिया र प्रहरी चौकीसम्म पुगेको छ । घाइते छात्राको भनाइ अनुसार दाहालले होमवर्क नगरेको भन्दै उनि माथि देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् ।

कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको र पाखुरामा रगत जमेका कारण उनलाई केही हप्ताका लागि औषधि दिएर आराम गर्न चिकित्सकले सुझाउका छन् । उक्त घटनापछि शिक्षक दाहाललाई कडा कारबाहकिो माग गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर