OSNepal शुक्रबार, माघ १४ २०७८

आच्छुछुछु पार्ने जोडोमा जो खेले चन्द्रागिरिमा हिउँ, हेर्नुहोस् तस्विरहरु

आच्छुछुछु पार्ने जोडोमा जो खेले चन्द्रागिरिमा हिउँ, हेर्नुहोस् तस्विरहरु

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


आच्छुछुछु पार्ने जोडोमा जो खेले चन्द्रागिरिमा हिउँ, हेर्नुहोस् तस्विरहरु
Reading Time: 2 minutes

काठमाडौं, १४ पुस – काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ । हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।


काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे : काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड