८८ वर्षका एक वृद्धले हासिल गरे आफ्नी नातिनीसँगै ग्रेजुयट — OSNepal

८८ वर्षका एक वृद्धले हासिल गरे आफ्नी नातिनीसँगै ग्रेजुयट

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । अमेरिकाको टेक्सास प्रान्तको सान एन्टोनियामा बस्ने एक ८८ वर्षका वृद्ध पुरुषले स्नातक तह ग्रेजुयट हासिल गरेका छन् । रेने नेइरा नाम गरेका ति पुरुषले आफ्नी २३ वर्षीया नातिनी मेलानिए सालजार सँगै स्नातक तह उर्तिण गरेका हुन् ।

पढ्ने चाहाना भएका उनी ७० वर्ष देखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । उनले चार वर्षका लागि युनिभर्सिटी अफ टेक्सासमा भर्ना गरेका थिए । उनले अर्थशास्त्रमा डिग्री गरेका हुन् ।

जब हजुरबुबा र नातिनी आफ्नो डिग्री लिन रंगशालाको मञ्चमा पुगे दुवै भावु क बने । नातिनीले मञ्चमा आफ्ना हजुरबुबाले विवाह पछि पढाई छाडी बैंकमा काम गर्ने गरेको बताएकी थिइन् ।

उनले १९५० को दशकबाट आफ्नो हजुरबुबा डिग्री लिन प्रयास गर्दै आएको बताएकी छन् ।

दुवैले गत १९ डिसेम्बरमा ग्रेजुयट गरेका हुन् । नातिनिले भने, कम्युनिकेशनको क्षेत्रमा ग्रेजुएसनको डिग्री हासिल गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर