हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध,सवारीसाधन सडकमै अलपत्र — OSNepal

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध,सवारीसाधन सडकमै अलपत्र

LC (KTM) December 29, 2021 0

बलेवा, १४ पुस-मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो । भारी हिमपातले ै मानवीय क्षति नभएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर