OSNepal आइतबार, माघ ९ २०७८

मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध

मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध

  • OSNepal
  • बुधबार, पौस १४ २०७८


मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध
Reading Time: < 1 minute

मुगु, १४ पुस – मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो ।

हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए ।

मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा बीच बाटोमै सवारी साधन रोकिएका छन् । रोकायाका अनुसार अहिले लगातार रुपमा हिमपात भइरहेको छ ।

सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भइरहेको रोकायाले बताए । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड