कल्पना खरेलको कथा 'चर्तिकला' युट्युबमा — OSNepal

कल्पना खरेलको कथा ‘चर्तिकला’ युट्युबमा

LC (KTM) December 29, 2021 0

कल्पना खरेल

सुनसान रातिको दस बजे । आकाशमा टह टह जुन लागिरहेको थियो ! मौन वातावरण ! फागुन महिना बशन्त ऋतुको आनन्दमय मौसम ! म र मेरी प्यारी जीवन संगीनी हामी दुवै एकै बिस्तरामा पल्टिरहेका थियौँ । बच्चाहरु पढ्न होस्टेलमा राखेकाले घरमा उनी र म मात्र थियौ । दिनभरी अफिसको कामको व्यस्तता ! बेलुका अर्थात् सुत्ने समयमा मोबाईलमा फेसबुक चलाउँदै थिएँ । उनी पनि अर्को कोल्टो फेरेर मोबाइलमा व्यस्त थिइन् । हामी दुवै आआफ्नो स्वतन्त्रताको प्रयोग गर्दै थियौँ ।

न म उनलाई प्रश्न गर्थें न उनी मलाई प्रश्न गर्थिन् । न हामीबिच घरव्यवहार र जिम्मेवारीको कुरा हुन्थ्य्यो । न त मायाप्रेम भावनाका कुरा । एकै बिस्तरामा तन छ तर मन त कहाँ कहाँ ? सधैँ यस्तै दिनचर्या चलिरह्यो । हामी दुवै फेसबुकको दुनियाँमा हराउन पुग्यौ ! लाईक र कमेन्ट ! हार्दिक बधाई ! हार्दिक श्रदान्जली ! मीठा मिठा च्याटको वार्तालब ! फेसबुकनै नसा जस्तो बन्यो ! धेरै समय पश्चात् उनले मलाई चासो नदिएको महसुस भयो ।

कता काता हामीबिचको दूरी टाढिएको जस्तो लाग्यो । एक दिन मैले अलि उनीप्रति समर्पित भाव देखाएँ । उनको निकटता पाउन उत्सुक व्यवहार जनाएँ । तर पनि उनीमा मप्रतिको चाहनामा कुनै फरक आएन । उनीले मलाई ईंगनोर गरेको महसुस गरे ! उनीमा किन एकाएक फरकपन आयो भनेर उनको मनोविज्ञान बुझ्ने कोसिस गरेँ । केही समय त पत्तै चलेन । एक दिन राती हामी दुवै संगै सुतिरहेको बेला उनी बाथरुम गईन् !

त्यसै समयमा उनको मोबाइलमा ट्याग गरेर म्यासेजको सङ्केत आयो । खै कसरी मेरो नजर उनको मोबाइलमा पर्यो । म्यासेजमा लेखिएको थियो । भोलि दिउँसो भेटौ है । त्यो म्यासेज प्रकाश नामको पुरुषको थियो । उनी बाथरुमबाट फर्किइन र पुनः मोबाइल चलाउन थालिन् । म मौन बसिरहेँ । केही समयमा उनी निदाइन् । कता कता शङ्का उब्जियो मेरो मनमा । उनको मोबाइल चेक गरेँ । म्यासेज सबै डिलिट गरिएको थियो । कुनै केही प्रमाण थिएन ।
को होला उनलाई भेट्न चाहने मान्छे । मनमा निक्कै खुल्दुली चलिरयो । रातभरिको निद्रा हराम भयो । बिहान भयो सधैँ झैँ दिनचर्या चल्यो । उनले भान्सामा गएर खाना पकाइन् ! म उठेर फ्रेस भएर अफिस जाने तयारी गरेँ । उनले खाना पस्किइन । दुबैले खाना खायौँ । म अफिसतिर लागेँ । तर अफिस नपुग्दै आधा बाटोबाट फर्किएँ । म्यासेजमा आज उनलाई भेट्ने मानिस को होला भन्ने जिज्ञासाले सताइरहेको थियो । घरको नजिक बसेर चियो गरिरहेँ ।

उनी निक्कै प्रफुल्ल मुडमा मेकअपमा सजिएर घरबाट निस्किइन । मैले उनको पिछा गरेँ । केही पर उनी एउटा घरमा पसिन् । त्यस घरमा घरबेटी रहेनछ । हरेक कोठाहरुमा पढ्ने विद्यार्थीहरु बस्ने रहेछन् ! त्यस मध्य २४,२५ वर्षको एक युवक संग उनको चक्कर चलिरहेको रहेछ । उनीभन्दा दस वर्ष कान्छो । म अफिस गएको बेलामा उनीहरुको अधिकांस भेट हुने रहेछ । पाप धुरीबाट काराउँछ भने जस्तै झ्याल लगाए पनि झ्यालको चरबाट भित्रको दृष्य स्पष्ट देखियो । म झ्यालको चर बाट चियाउँदै थिएँ । दुवै सर्वाङ्ग नग्न आवस्थामा जवानीको मदहोसमा रमाइरहेका । त्यो देखेर म आकाशबाट खसे जस्तो भएँ । क्रोधले दुबैलाई चट्ट काटेर हिडौँ जस्तो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर