जुम्ली सिमी र मकैका गेडा पकाएर जाडो छल्दै सुर्खेतका स्थानीयहरु — OSNepal

जुम्ली सिमी र मकैका गेडा पकाएर जाडो छल्दै सुर्खेतका स्थानीयहरु

LC (KTM) December 29, 2021 0

चिसो बढ्दै गएपछि चुल्होको छेउँमा बसेर आगो ताप्दै जुम्ली सिमी र मकैका गेडा पकाएर खाँदै सुर्खेतका स्थानीयहरु ।

१८ वर्षमाथिका सबैलाई खोप लगाउन आह्वान-सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कामलाई तीव्रता दिँदै भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकका लागि खोप लगाउन सुरु गरेको छ । भक्तपुरको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार तथा भक्तपुर नगरपालिकाबाट सञ्चालिन ख्वप अस्पताल च्यामसिंहमा बिदाका दिनबाहेक सबै दिन खोप लगाउने व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

सरकारले खोप लगाउन कोही नागरिक नछुटुन् भनेर १८ वर्ष माथिका खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन आह्वान गर्दै दुई वटा खोप केन्द्रमार्फत खोप लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । सरकारले काठमाडौँका ११ र ललितपुरका ११ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर