निर्वाचन आयोगले यसो गरिदिएपछि पार्टीले कारवाही गरेका यी चार सांसदले पनि आज मतदान गर्दै — OSNepal

निर्वाचन आयोगले यसो गरिदिएपछि पार्टीले कारवाही गरेका यी चार सांसदले पनि आज मतदान गर्दै

LC (KTM) May 31, 2021 0

काठमाडौं जेठ १७ । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीले कारवाही गरी सांसद पद गुमाएका चार जना सांसदले आज हुन गएको लुम्बिनी प्रदेश सदस्य उपनिर्वाचनका लागि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले हिजो आइतबार पुनर्बहाली गरेपछि यी चार सांसदले आज मतदान गर्न पाउने भएका हुन् । मतदान गर्न पाउनेमा जसपाका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रहेका छन् । उनीहरुको नाम प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित पुनः मतदाता नामावलीमा समावेश गरिदिएको छ ।

माओवादी केन्द्रबाट विजयी भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेसँगै लुम्बिनी प्रदेशमा एक राष्ट्रिय सभा पद रिक्त रहेको थियो । जसको लागि आज नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डेको प्रतिस्पर्था हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर