यि हुन् बिक्की कौसलका भाइ सनी कौशलकी प्रेमिका — OSNepal

यि हुन् बिक्की कौसलका भाइ सनी कौशलकी प्रेमिका

LC (KTM) December 30, 2021 0

शर्वरी वाघले हालै फिल्म ‘बन्टी और बबली २’ बाट बलिउडमा डेब्यु गरेकी छिन् । उनले सिद्धान्त चतुर्वेदी, सैफ अली खान र रानी मुखर्जीसँग स्क्रिन सेयर गरेकि छिन् । शर्वरी वाघले फिल्ममा आफ्नो अभिनयका आधारमा मात्र दर्शकमाझ आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । डेब्यू फिल्मबाहेक सनी कौशललाई डेट गरेर पनि चर्चामा आएकी थिइन् ।

यसपछि उनी विक्की कौशल–कट्रिना कैफको विवाहमा पनि उपस्थित भएकी थिईन् । दम्पतीले राजस्थानको सिक्स सेन्स फोर्ट बर्वारामा बिबाह गरेका थिए । हालैको एक अन्तर्वार्तामा, शर्वरी वाघले विक्की-कट्रिनाको विवाह र सन्नीसँग डेटिङमा सहभागी हुने हल्लामाथि मौनता तोडेकि छिन् । शर्वरी वाघले भनिन्– सनी र मैले द फोरगटन आर्मीमा सँगै काम गरेका थियौं। यो चार वर्षअघिको कुरा हो ।

हामी दुवै धेरै राम्रो साथी भयौं। विगत चार वर्षदेखि हामी यस्तै छौ । शर्वरी वाघले बाहिर आएको हल्ला मात्रै भएको बताइन् । उनले भनिन्– यदि लेखहरूमा केही कुराहरू आउँदैछन् भने, यसको मतलब यो होइन कि तपाईं बाँच्न बिर्सनुहुन्छ वा बाँच्न छोड्नुहुन्छ । यी हुन् मैले उद्योगमा बनाएका साथी । म सधैं उनको साथ र उनको लागि उभिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर