हिमपातपछि देखिएको प्रसिद्ध धार्मिकस्थल पाथिभरा डाँडा तस्विरमा हेर्नुहोस् — OSNepal

हिमपातपछि देखिएको प्रसिद्ध धार्मिकस्थल पाथिभरा डाँडा तस्विरमा हेर्नुहोस्

LC (KTM) December 30, 2021 0

हिमपात भएसँगै ताप्लेजुङको सुदरमुकाम फुङ्लिङबाट देखिएको प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडा ।

‘तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ’-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीले विविधताभित्रको एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक पहिचानका उदाहरण भएको उल्लेख गर्दै नेपाल सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएकामा धन्यवाद व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरी हर्षोल्लासका साथ यो पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर