नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दै, माधव नेपाल समुहका १२ नेतालाई थप कारवाही गर्ने योजना — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्दै, माधव नेपाल समुहका १२ नेतालाई थप कारवाही गर्ने योजना

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । आज नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक तयारी पुरा नभएको भन्दै आज बिहान १० बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा पार्टीबाट निष्काशित भएका माधव नेपाल समुहका थप १२ जना नेतालाई कारवाही गर्ने विषयमा छदफल हुने जनाइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेटको विषयमा छलफल गर्न तयारी नपुगेको भनेपछि बैठक आजलाई सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर