OSNepal मंगलबार, माघ ११ २०७८

गयो ७.३ म्याग्निच्युडको भूकम्प

गयो ७.३ म्याग्निच्युडको भूकम्प

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


गयो  ७.३ म्याग्निच्युडको भूकम्प
Reading Time: < 1 minute

जकार्ता [इन्डोनेसिया], १५ पुस,-इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ।बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ।

स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीको हेड फर कम्प र सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ ।एजेन्सीले सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको छ।एजेन्सीले मानिसहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी लिइरहन र सचेत रहन आग्रह गरेको छ । (रासस-एएनआई/सिन्ह्वा)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड