काठमाडौ । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् ।लाउरे’ नामले युवामाझ चर्चित उनी पोखराको न्युरोडबाट पक्राउ परेका हुन् ।कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाउरे पक्राउ परेको पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।उनीमाथि ब्राउन सुगर कारोबार गरेको आरोप लागेको छ ।
यसको मूख्य कारोबारी पनि पक्राउ परेको बताइएको छ । रानासहित ४ जना पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । युवामाझ चर्चा कमाएका लाउरे अहिले रियालिटी शो रोडिजका निर्णायकका रुपमा पनि व्यस्त छन् ।