नयाँ वर्ष २०२२ मा चार ठूला ग्रहको राशि परिवर्तन हुँदा नेपालमा कस्तो असर पर्ला ? — OSNepal

नयाँ वर्ष २०२२ मा चार ठूला ग्रहको राशि परिवर्तन हुँदा नेपालमा कस्तो असर पर्ला ?

LC (KTM) December 30, 2021 0

१ जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ। पञ्चांग क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ । यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।

सन् २०२२ ज्योतिषीय दृष्टिकोणले विश्व जगतका लागि महत्वपूर्ण सालका रूपमा रहनेछ । यो सालमा चार ठूला र शक्तिशाली ग्रहहरूले राशि परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक–फरक रूपमा देखापर्ने छ । विश्वमा हुने ठूला परिवर्तनले नेपालीको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहहरू बाहेक अन्य पाँच ग्रहहरूको राशि परिवर्तन भने हरेक ३० देखि ४५ दिनभित्र भइरहेको हुन्छ । अंग्रेजी नयाँ वर्षमा यी चार ठूला ग्रहको राशि परिवर्तनले विश्वबजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखापर्नेछ ।

शनिबारदेखि वर्ष प्रारम्भ हुने हँुदा विशेषगरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहनेछ । बृहस्पति शनि ग्रहभन्दा अगाडि रहेकाले ठूला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयरबजारमा लगातारको व्यापारघाट १९ अप्रिलपछि लगातार उकालो लाग्नेछ । नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ । २२ फेब्रुअरीदेखि २३ मार्चसम्म देवगुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहने हुँदा विशेषगरी संकल्प गरेर गरिने ठूला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

विश्वमा नयाँ रूपमा देखापरेको कोरोना भाइरसले विश्वका पश्चिमी देशहरूमा उच्च प्रभावमा ल्याउन खोज्नेछ । डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग छ । पुनः १० अप्रिल २०२२ देखि बृहस्पतिले शनिको राशि छोडेर आफ्नै राशि मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिनेछ । कोरोनालाई पूर्णरुपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि हुने योग छ । खेलकुद मनोरञ्जनका क्षेत्रहरू विस्तारै अगाडि बढ्दै जानेछन् ।

अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रह योग बनेको छैन । ४ अप्रिलसम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ । ठूला तथा नाम चलेका आर्थिक कामगर्ने संघ संस्थालाई अहिलेको योगले पूर्णरूपमा प्रभाव पर्नेछ । जसका कारण बैंकिङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनुपर्ने ग्रहयोगले देखाएको छ ।

ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्षभरि नै स्थिर अवस्थामा रहने छैनन्, जसका कारण विभिन्न राशिलाई शनिको साढे साती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । शनिग्रह स्थिर नहुँदा नेपाल लगायत पूर्वी तथा दक्षिणी देशहरूमा कानुनको कडा नियम पालना गर्नुपर्नेमा आवाज उठ्नेछ ।सवारी तथा वायुयान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिबारदेखि नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनुपर्ने छ । करिब १८ वर्ष सात महिनापछि १० अप्रिलदेखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशिमा आउनेछन् । राहु तथा केतु सधैंभरि बक्री गतिमा चल्ने ग्रह भएकाले पनि यसको फल पनि मिश्रित रूपमा पर्नेछ । राहु अग्नि कारक ग्रहको राशिमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउनेछन् ।

तुला राशिमा बसेको केतु ग्रहको कारण विभिन्न बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहनेछ । भिडियो टेक्नोलोजीले विश्वास गुमाउनुपर्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्ने छ । विशेषगरि मेष, बृष, मकर तथा धनुराशि हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन, कर्कट, तुला तथा वृश्चिक राशि हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुनेछ ।

सन् २०२२ मा मीन राशि हुनेहरूका लागि शनिको साढे साती दशा प्रारम्भ हुनेछ भने कर्कट, तथा बृश्चिक राशि हुनेहरूका लागि शनिको अढैया दशा प्रारम्भ हुनेछ । धनु राशिलाई साढे साती दशा मिथुन र तुला राशि हुनेहरूका लागि भने शनिको अढैया दशा समाप्त हुनेछ । शनि मकर राशिमा हुँदा धनु, मकर तथा कुम्भ राशिहुनेहरूका लागि शनिको साढे साती दशा चलिरहने छ भने मिथुन तथा तुला राशिहुनेहरूका लागि अढैया दशा चलिरहनेछ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभफलमा वृद्धि हुनेछ । (लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर