कटारी तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना — OSNepal

कटारी तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना

LC (KTM) December 30, 2021 0

उदयपुरको कटारी नगरपालिकाले सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगमस्थलमा बुद्धको मूर्ति स्थापना गरिने भएको छ ।

कटारी नगरपालिका-३ डाडाँस्थित तीनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मूर्ति स्थापना गर्न लागिएको हो ।

कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बुद्धको मूर्ति स्थापनाका लागि शिलान्यास गरेका छन् । उनले सबै धर्मको संरक्षण गर्न तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना गरिने प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर