माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने – OSNepal

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

LC (KTM) December 30, 2021 0

काठमाडौं, १५ पुस-माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।माओवादीमा दुई सय ९९ केन्द्रीय सदस्य चयन हुनेछ । जसमा पुरानो दोहोर्याएर नयाँ थप्ने तयारी भएको प्रवक्ता कृष्ण महराले जानकारी दिए ।माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ । पदाधिकारी भने पछि चयन गरिने नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement