OSNepal मंगलबार, माघ ११ २०७८

मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद

मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद

  • OSNepal
  • बिहिबार, पौस १५ २०७८


मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद
Reading Time: < 1 minute

काठमाडौं, १५ पुस । हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन् । यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए ।

तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’मार्फत बढी लोकप्रिय भएका थिए । गत मंगलबार लस एञ्जल्सको अदालतले उनीहरूको निवेदनउपर सुनुवाइ गर्दै सम्बन्धविच्छेद गरिदिएको हो ।

आर्नोल्डले एक महिला घरेलु कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मिएपछि मारिया र आर्नोल्डबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।

दुवैले एकअर्कालाई आरोप नलगाइकन सहमतिमै सम्बन्धविच्छेदको प्रक्रिया पूरा गरेका छन् । प्रोपर्टी सेटरमेन्ट र लेनदेनसम्बन्धी विषयलाई गोप्य राखिएको छ । उनीहरूका चार सन्तान छन् । सबै सन्तान हुर्किएको हुनाले उनीहरूलाई कस्टडी केस या आर्थिक रूपले बच्चाको हेरचाहका विषयमा के हुने भन्ने केही खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड