ल्यापटप लिन बिहान कलेज गएकी १९ बर्षिया छात्राको परिवार लाई बेलुका फोन आयो – तपाईको छोरीको शव पुल मुनि भेटियो — OSNepal

ल्यापटप लिन बिहान कलेज गएकी १९ बर्षिया छात्राको परिवार लाई बेलुका फोन आयो – तपाईको छोरीको शव पुल मुनि भेटियो

LC (KTM) December 30, 2021 0

भारतको कानपुरमा एमएससी पढ्दै गरेकी विद्यार्थीको हत्या भएको छ । यस हत्यासँगै कानपुर प्रहरी प्रशासनमा महिला सुरक्षालाई लिएर प्रश्न उठेको छ, किनभने पछिल्लो ६ महिनामा जिल्लामा एक दर्जन बालिका तथा महिलाको हत्या भएको छ । प्रहरीले एक प्यानलबाट मृतकको पोस्टमार्टम गरिरहेको छ ।

कानपुरको रेलबजार इलाकामा बस्ने अन्शिका यादव एमएससीकी छात्रा हुन् । १९ वर्षीया अन्शिकाका बुबा सुदर्शन निजी फार्ममा काम गर्छन् । योगी सरकारले दिएको ल्यापटपबारे सोधपुछ गर्न बुधबार ११ बजे अन्शिका कलेज गएकी थिइन् तर त्यसपछि फर्किनन् अन्शिकाको फोन पनि आएन । राति केही अपरिचित व्यक्तिले घरपरिवारलाई फोनमा तिम्रो बालिकाको शव पुलमुनि रहेको छ भन्दै खबर गरे ।

परिवारले उनलाई अस्पताल लगे तर उनको मृत्यु भइसकेको थियो । उनको घाँटीमा कालो दाग थियो । उनको हत्या गरी पुलमुनि फालियो अन्शिकाको दुबै औंला काटिएको थियो । यसबाट अन्शिकाको हत्या गर्नुअघि उनको खुट्टा बाँधिएको हुनुपर्छ । अन्शिका निकै तिक्ष्ण दिमाख भएकी होनहार केटी थिइन् ।

उनको निधनले सिंगो परिवार शोकमा डुबेको छ । अन्शिकाका भाइ आरएन यादव भन्छन्,–दिदी ल्यापटप लिन कलेज गएकी थिइन्, उनको फोन उठेन भने ल्यापटप लिएर जान्छु भनेर लागेकी थिईन् तर साँझसम्म पनि फोन आएन । प्रहरीले एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

अन्शिकाको हत्यापछि अहिले कानपुर प्रहरीमाथि प्रश्न उठिरहेको छ । पछिल्लो ६ महिनामा जिल्लामा एक दर्जनभन्दा बढी महिला तथा बालिकाको हत्या भएको छ । मङ्सिर २ गते नौबस्तामा एक महिलाको घरभित्र पसेर हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर