रेडपाण्डाको चार थान छालासहित चार जना काठमाडौँको त द मयुर क्याफेबाट समातिए — OSNepal

रेडपाण्डाको चार थान छालासहित चार जना काठमाडौँको त द मयुर क्याफेबाट समातिए

LC (KTM) December 30, 2021 0

काठमाडौँ, १५ पुस – दुर्लभ वन्यजन्तु रेडपाण्डाको चार थान छालासहित चार जनालाई काठमाडौँको वसुन्धारास्थित द मयुर क्याफेबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने धादिङ गङ्गा–जमुना गाउँपालिका–७ का ३९ वर्षीय नीरबहादुर घले, काठमाडौँ कलङ्की बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २५ वर्षीय सुरेश गिरी, काठमाडौँ टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का ३१ वर्षीय कृष्णबहादुर तामाङ र काठमाडौँ स्वयम्भू बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ का २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

हेटौँडाको १० औँ नगरसभा-हेटौँडा उपमहानगरपालिकाको १०औँ नगरसभा बैठक आज सम्पन्न भएको छ ।बैठकमा चालू आव २०७८÷७९को हालसम्म विभिन्न शीर्षकमा गरी कूल खर्च रु ६० करोड ५४ लाख ४३ हजार भएको उपमेयर मीना लामाले आयव्यय प्रतिवेदन सार्वजनिक गर्नुभयो ।उपमहानगरपालिकाले चालु आवको हालसम्म कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु नौ करोड ७७ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ रु एक करोड २० लाख ८९ हजार, पूर्वाधार विकासतर्फ रु २० करोड ७२ लाख ५३ हजार, सामाजिक विकासतर्फ रु २७ करोड ५० लाख ९७ हजार, आर्थिक विकासतर्फ रु एक करोड ४० लाख ४८ हजार गरी कूल खर्च रु ६० करोड ५४ ४३ हजार भएको उहाँले जानकारी दिनुभयो ।

हालसम्म २१.५४ प्रतिशत रकम खर्च भइसकेको बताइएको छ । प्रतिवेदनमा गत आव २०७७÷७८ असारमा सम्पन्न नगरसभा बैठकबाट आव २०७८÷७९ का लागि कूल बजेट रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार बराबरको आयव्यय विवरण स्वीकृत सम्झौता भई जिम्मेवारी सरेका योजना तथा कार्यक्रमका लागि थप बजेट व्यवस्थापन संशोधनसहित बजेट रु दुई अर्ब ८५ करोड प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख गरीएको छ । सभामा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले साढे चार वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, खेलकूदलगायत अन्य पूर्वाधारको विकासमा उदाहरणीय काम गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर