मुम्बई गएकी ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण — OSNepal

मुम्बई गएकी ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

LC (KTM) December 30, 2021 0

काठमाडौं-अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसक्दा समेत उनलाई कोरोना संक्रमण भएको हो ।

उनले इन्स्टाग्राममा आफुलाई कोरोना लागेको बताएकी हुन् । उनले लेखेकी छन् ‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ ।

अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी थिइन् । फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर