द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण — OSNepal

द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण

LC (KTM) December 30, 2021 0

धनगढी, १५ पुस-कैलालीमा द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण गरिएको छ ।अलर्ट, टिपिओ नेपाल तथा महिला कानुन र समाज कैलालीले करिब पाँच लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्वपीडित महिलालाई वितरण गरेको हो ।

द्वन्द्वपीडित भई राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जनालाई होटेल सम्बन्धी, एक जनालाई कस्मेटिक सामाग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ ।

सहयोग पाउने महिलालाई यसअघि सिप विकास सम्बन्धी तालिम दिइएको र उनीहरूको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई प्रवर्द्धन गर्न सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवार केन्द्रित अवधारण अनुरूप द्वन्द्वपीडितलाई आर्थिक सशक्तीकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।

सहयोग सामाग्री पाउने महिलाले अव आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पीडित भएका हामीलाई राजयले कहिल्यै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अव स्वरोजगार बन्ने इच्छा पुरा हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर