अफगानिस्तानद्वारा डब्लुएचओसँग ओमिक्रोन परीक्षण किट माग — OSNepal

अफगानिस्तानद्वारा डब्लुएचओसँग ओमिक्रोन परीक्षण किट माग

LC (KTM) December 30, 2021 0

काबुल, १५ पुस-कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ । तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् ।

इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको प्रभाव धेरै देखिएकाले अफगानिस्तानमा पनि सतर्कता बढाउन दबाब परेको छ । अफगानिस्तानका स्वास्थ्यकर्मीहरुले ओमिक्रोनले ठूलो मानवीय क्षति पु¥याउन सक्ने भएकाले हेलचक्र्याइ नगर्न र त्यसका विरुद्धमा लड्न आवश्यक पर्ने सबै तयारी तथा काम गर्न आग्रह गरेका छन् ।आर्थिक तथा राजनीतिक रुपबाट यसको चुनौती सामना गर्नसक्ने गरी तयारी गर्न पनि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

उनीहरुको आग्रह र दवावअनुसार नै सरकारले डब्लूएचओसँग ओमिक्रोन परीक्षणको किट माग गरेको अफगानिस्तानका स्वास्थ्य मन्त्री जाभेद हार्जारले पुष्टि गर्नुभयो ।
“हामीलाई ओमिक्रोनको परीक्षण गर्ने किटको खाँचो छ, त्यो उपलब्ध गराइदिन हामीले डब्लूएचओलाई अनुरोध गरेका छौँ, उहाँहरुले आगामी केही दिनमा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ,” स्वास्थ्य मन्त्री हार्जारले भन्नुभयो । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थाहरुमा अन्य स्वास्थ्य सामग्रीहरुको समेत अभाव हुन थालेका बताएका छन् । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर