चीनमा ट्याटुलाई कलंकको रुपमा चित्रण , खेलाडीलाई टयाटु बनाउन नपाउने कडा प्रतिबन्ध — OSNepal

चीनमा ट्याटुलाई कलंकको रुपमा चित्रण , खेलाडीलाई टयाटु बनाउन नपाउने कडा प्रतिबन्ध

LC (KTM) December 30, 2021 0

चीनमा हरेक क्षेत्रमा आफ्नै नियम र कानुन रहेको छ । सोही नियम र कानुनलाई त्यहाँका जनताले पनि राम्रो संग पालना गर्दै आएका छन् । यसैक्रममा चिन सरकारले खेलाडीहरुको लागि एउटा नयाँ नियम ल्याएको छ । सो नियममा त्यहाँको राष्ट्रिय फुटबल टिमका सदस्यलाई ट्याटु बनाउन प्रतिबन्ध लगाईएको छ ।

चीनको खेलकुदको प्रशासनिक निकाय मार्फत नै फुटबल टिमका खेलाडीलाई ट्याटु बनाउन प्रतिबन्ध लगाइएको हो । यस्तै ट्याटु बनाएका खेलाडीलाई ट्याटु हटाउन निर्देशन दिएको छ । चीनले सन् २०१८ देखि ट्याटुको विषयमा कडा नियम लागु गर्दै आएको छ । चीनको संस्कृतिमा ट्याटु कलंकको रुपमा चित्रण गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर