नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई नै किन्दै — OSNepal

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई नै किन्दै

LC (KTM) December 31, 2021 0

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् ।​

नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बिहीबार नेपाल बंगलादेश बैंकमा रहेको आईएफसी बैंकको शेयर किन्न खोजिरहेका थिए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

तर त्यसमा विभिन्न अवरोधहरु आइरहेको थियो । तर त्यो अहिले राष्ट्र बैंकले हटाइसकेको छ । अहिले आईसीएफसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर बाहिरिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर