आमा बन्दै चर्चित कमेडियन भारती सिंह — OSNepal

आमा बन्दै चर्चित कमेडियन भारती सिंह

LC (KTM) December 31, 2021 0

कमेडियन भारती सिंहले चाँडै खुसीको खबर दिने भएकी छिन् । भारती गर्भवती छिन् र अहिले उनले आफ्नो सन्तान कहिले संसारमा आउने त्यसका बारेमा बताएकी छिन् । भारती सिंह आफ्नो कूल र फनी स्टाइलका लागि परिचित छिन् ।

भारती प्रायः फोटो पत्रकार सँग कुरा गरिरहेको पनि देख्न सकिन्छ, यस्तै एउटा कुराकानीमा उनले आफ्नो बच्चा कहिले जन्मिने बताएकी छिन् । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले एउटा भिडियो सेयर गरेका छन् । यो भिडियोमा भारती सिंह पत्रकार सँग कुरा गरिरहेकी छिन् ।

भारती भन्छिन्,–तिमीहरु सबै बच्चाको मामा हौ ।अप्रिल २०२२ मा शुभ समाचार प्राप्त हुनेछ । भारतीले पनि आफ्नो इमली र खट्टा खाने समय सकिएको बताइन् । उनी राम्ररी खाइरहेकी छिन् र आशा छ कि उनको बच्चा स्वस्थ छ। भारतीले पत्रकारलाई सोध्दै भन्छिन्–तिमी के चाहन्छौ ? सबैले उनलाई छोरी भएको बताए ।केही दिन अघि भारती सिंहले इन्स्टाग्राममा फोटो पोस्ट गर्दै फ्यानहरुलाई यस्तै प्रश्न सोधेकी थिइन् । त्यतिबेला पनि धेरै सेलिब्रेटी र फ्यानले उनलाई छोरी नै भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर