महामन्त्री गगन थापालाई लिएर डा केसी पुगे प्रधानमन्त्री भेट्न बालुवाटार — OSNepal

महामन्त्री गगन थापालाई लिएर डा केसी पुगे प्रधानमन्त्री भेट्न बालुवाटार

LC (KTM) December 31, 2021 0

काठमाडौं १६ पौष । डा गोविन्द केसी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेका छन् ।

काँग्रेसा महामन्त्री गगन थापा ,अधिवक्ता ओमप्रकाश अर्याल र अधिकारकर्मी मोहना अन्सारीलाई लिएर डा केसी बिहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा डा केसीले आफ्नो सात बुँदे माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह समेत गरेका छन् ।

साँत बुँदे मागमा शिक्षा र स्वास्थ्य, बीपी प्रतिष्ठान, प्रधानन्यायाधीश प्रकरण र निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत अधिकारकर्मीका मागबारे सम्बोधन गर्न आग्रह गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

डा. केसीका प्रेस संयोजक प्रितम सुवेदीले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरण सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र जबराविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनका दलबीच छलफल गर्ने लगायत विषयमा प्रतिबद्धता जनाएको जनाइएकोक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर