चीनले ताइवानको हवाई क्षेत्रमा गर्‍याे ९५० पटक अतिक्रमण — OSNepal

चीनले ताइवानको हवाई क्षेत्रमा गर्‍याे ९५० पटक अतिक्रमण

LC (KTM) December 31, 2021 0

बेइजिङ, १६ पुस-चीनको जनमुक्ति सेनाको हवाई फौज (पीएलएएएफ) ले यो वर्ष ताइवानकोे हवाई क्षेत्रमा ९५० पटक सम्म अतिक्रमण गरेको ताइवानले जनाएको छ । चीन र ताइवानबीच तनाब बढिरहेका बेला ताइवानको रक्षा क्षेत्रमा पीएलएएएफका विमानले अतिक्रमण गरेका हुन् । यो अतिक्रमण अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बृद्धि भएको ताइवानले जनाएको छ ।

मुख्य राजनीतिक विषयहरुमा दुई देशबीच तनाब बढिरहेका बेला आगामी वर्ष अझै धेरै उडान बृद्धि हुन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश बताए पनि चीनले त्यसलाई आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा लिँदै आएको छ ।

ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिँदै आएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर