सत्ताको मोहले फुट्यो जसपा ! १० मन्त्रालय मागेका ठाकुर पक्षलाई ओलीले दिए सात मन्त्रालय — OSNepal

सत्ताको मोहले फुट्यो जसपा ! १० मन्त्रालय मागेका ठाकुर पक्षलाई ओलीले दिए सात मन्त्रालय

LC (KTM) May 31, 2021 0

काठमाडौं १७ जेठ । अन्तत: जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । अब योसँगै जसपा फुट्ने निश्चित भएको छ । सरकारमा जान आतुर देखिएको ठाकुर पक्षले प्रधानमन्त्री केपी ओलीसँग १० मन्त्रालयलमागेका र ओलीले सात मन्त्रालयल दिने बताइसकेको बुझिएको छ ।

यता, जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा भने विपक्षीदललाई समर्थन गरी ओलील सरकार ढाल्न लागि परेका छन् । यसअवस्थामा अब एमाले जस्तै जसपा पनि फुटको नजिक पुगेको हो । आज प्रधानमन्त्री ओदीलाई सरकारमा सहभागी हुने विषयमा छलफल बालुवाटार पुगेका ठाकुर अर्का र नेता राजेन्द्र महतोबिच पनि यहि विषयमा छलफल भएको बुझिएको छ ।

महतोले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ भने अन्य मन्त्री बन्ने सूचीमा भने, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर