नयाँ बर्षमा अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले गरे यस्तो हर्कत, तस्विर भाइरल – OSNepal

नयाँ बर्षमा अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले गरे यस्तो हर्कत, तस्विर भाइरल

Osnepal January 02, 2022 0

२०२१ को राति सेलिब्रेटीहरूले नयाँ वर्षलाई आफ्नै शैलीमा स्वागत गरेका छन् । सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूलाई नयाँ वर्षको शुभकामना दिइरहेका छन् । प्रियंका चोपडा र निक जोनसले पनि आफ्नो सुन्दर तस्विर पोस्ट गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।

२०२२ को डेब्यूसँगै देसी गर्ल र निक जोनसको रोमान्टिक तस्विरले आफ्ना फ्यानहरूको लागी एकदमै खुशीको दिन बनाएको छ। निक जोनसले आफ्नो र प्रियंका चोपडाको रोमान्टिक तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । फोटोमा प्रियंका र निक दुवैले सेतो कपडा लगाएका छन् ।

प्रियंका चोपडालाई किस गर्दै गर्दा निक जोनसले लेखेका छन्– माइ फरेभर न्यु इयर किस । यसरी निक जोनसले प्रियंका चोपडालाई मायालु चुम्बन दिएर स्वागत गरेका थिए ।निक जोनसले आफ्नी लेडी लवलाई माया गरेको यो पहिलो पटक भने होइन ।

यसअघि उनले क्रिसमसको अवसरमा प्रियंका चोपडासँगको रोमान्टिक तस्बिर सेयर गरेका थिए ।एउटा सुन्दर तस्विरमा प्रियंका चोपडा निक जोनसको काखमा बसेको देखिएकी थिइन् भने निक जोनसलाई चुम्बन गरिरहेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement