गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाको तारिफयोग्य काम, संकटका बेला बेलायतबाट गरे यतिठूलो सहयोग — OSNepal

गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाको तारिफयोग्य काम, संकटका बेला बेलायतबाट गरे यतिठूलो सहयोग

LC (KTM) May 31, 2021 0

बेलायतका सुप्रसिद्ध गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले भर्चुअल (जुम) बाटै गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स संकलन गरेका छन् ।गत शनिबार र आइतबार सपन निवासबाटै तीन-तीन घण्टा फेसबुक लाइभ गरि मर्मस्पर्शी गीत गाएर सो रकम संकलन गरेका हुन् ।

आफ्नो कला-खुबीलाई संकटका बेला सदुपयोग गर्न नयां ‘कन्सेप्ट’ ल्याइएको गायक राईले बताए । संकटका बेला जुमaf6 सपनकुमार राई र गायिका शर्मिला बर्देवाले उक्त कार्यक्रममा असंख्य नेपाली तथा भारतीय दर्शकहरु जोडिएका थिए । ति दर्शकको अनुरोधमा सपन शर्मिला दुवैले हिन्दी नेपाली गीत गाए ।पहिलो दिन शनिबार गायक सपनले कोभिड १९ बाट दिवंगतहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘सम्बोधन तिमीलाई…’ गाए भने शर्मिलाले ‘इश्वर सत्य हे…’ गाइन् ।

सो अवसरमा श्रीमति मन्जु गुरुङ राईले पनि गीत गाएर माहोल झन् भावुक बनाएकी थिइन् ।एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अनुरोधमा राईले राजु लामाको ‘मेरो नेपाल…’ पनि गाए । शर्मिलाले ‘देशले रगत मागे…’ लगायत राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर दर्शकको मन जितिन् ।

संकलित रकममध्ये एनआरएनए यूकेलाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर किन्न दुई हजार ८ सय पाउण्ड १९ पेन्स, दुःखी असहायलाई निशुल्क खाना खुवाइरहेका नेपालका गायक मिलन लामालाई ६७३ पाउण्ड, राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई ६७३ पाउण्ड, तमुधिं यूकेलाई ६७३ पाउण्ड, निशुल्क खाना बांडिरहेका नेपालस्थित क्याप्टेन विजय लामाको न्यानोपन संस्थालाई ६७३ पाउण्ड दिने कलाकारद्वयले घोषणा गरेका छन् ।

मंगलबार गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबोरोबाट उनीहरुले सहयोग रकम कति कसलाई दिने भन्ने घोषणा गरेका थिए ।भर्चुअल सांगीतिक कार्यक्रमको संयोजन प्रतिमा जोशीले गरेकी थिइन् । सरोज परियार र सुनिलले प्रविधिमा सघाएका थिए । प्रतिमाले चन्दादाताहरुलाई धन्यवाद समेत दिइन् ।सपन शर्मिलाले नेपालमा आइपरेका हरेक संकटमा आफ्नो कलामार्फत सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर