फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेपछि अभिनेता रणवीर सिंहका हातमा फिल्म नै फिल्म — OSNepal

फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेपछि अभिनेता रणवीर सिंहका हातमा फिल्म नै फिल्म

LC (KTM) January 02, 2022 0

फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन् ।

‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उनले भनेका छन् ।

फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो । कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ ।राजधानि दैनिकमा खबर छ । फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ ।

यो पनि पढ्नुहोस् : पत्रकार नेपालका परिवारलाई सहयोग-पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले रु ११ लाख हस्तान्तरण गरेको छ । स्व नेपालको ४५औँ पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक र नेकपा ९एमाले० बलेफी गाउँपालिका कमिटीले पनि उहाँको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो । यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट रु २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले हस्तान्तरण गर्नुभयो । सो सभालाई नेकपा ९एमाले०का नेता अरुण नेपाल, सरेश नेपाल, बलेफीका अध्यक्ष केदार क्षेत्री, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पालगायतले दुःख व्यक्त गर्दै परिवारमा पर्ने अप्ठ्यारोमा साथ दिनका लागि सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ र चौतारी सिन्धुपाल्चोक शाखाका सहसचिव नेपालको गत मङ्सिर २ गते ३१ वर्षका उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर