जन्मदिनमा अभिनेता सलमान खानले गरे नयाँ फिल्मको घोषणा,संगै हुने छन् अनिल कपूर र फरदीन खान पनि — OSNepal

जन्मदिनमा अभिनेता सलमान खानले गरे नयाँ फिल्मको घोषणा,संगै हुने छन् अनिल कपूर र फरदीन खान पनि

LC (KTM) January 02, 2022 0

काठमाडौं, १८ पुस(हालैमात्र अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा अनीस बज्मीसँग मिलेर फिल्म ‘नो एन्ट्री’को सिक्वेल बनाउने घोषणा गरेका छन् । सलमानका अनुसार कमेडी जनराको यो फिल्म चाँडै छायांकनमा जाँदैछ ।‘नो एन्ट्री मे एन्ट्री’ नाम दिइएको फिल्ममा सलमान, अनिल कपूर र फरदीन खान तेहोरो भूमिकामा देखिनेछन् । यी सबै नौ चरित्रका लागि नौ अभिनेत्रीलाई कास्ट गर्ने तयारीमा फिल्म युनिट जुटेको छ । जसका लागि ४ अभिनेत्री फाइनल भइसकेका छन् ।

यो फिल्मको सिक्वेलको योजना ६ वर्षअघिदेखि नै सुरु भएको हो । अहिले फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । फिल्मका लागि विपाशा बसु, सेलिना जेटली, लारा दत्ता र डेजी शाह फाइनल भइसकेका छन् । डेजी सलमानको कुनै एक चरित्रको अपोजिटमा हुेनछिन् । फिल्ममा उनको केमियो र एक डान्स नम्बर हुनेछ । फिल्मले पत्नीबाट भड्किएका तीन पति र उनीहरुको पागलपनलाई देखाउनेछ ।

स्रोतका अनुसार सलमानले नै डेजीको नाम सिफारिस गरेका हुन् । सलमानले डेजीलाई फिल्म ‘रेस ४’मा पनि कास्ट गर्ने प्रतिबद्धता जनाएका छन् ।सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’मा डेजीले एक गीत ‘लगन लगी’मा कोरस डान्स गरेकी थिइन् । सन् २०१४ को ‘जय हो’मा उनले सलमानको लभ इन्ट्रेस्ट र सन् २०१८ मा ‘रेस ३’मा सलमानको सौतेली बहिनीको भूमिका निभाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर