चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति पछि धकेलियो — OSNepal

चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति पछि धकेलियो

LC (KTM) January 02, 2022 0

काठमाडौं । अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति पुनः पछि धकेलिएको छ । यसअघि २ पुसमा प्रदर्शन गर्ने तयारीमा रहे पनि १५ गते प्रदर्शन मिति तोकिएको थियो । अब यो चलचित्र ३० पुसमा रिलिज हुने भएको छ ।
सुरुमा २ पुसमा रिलिज मिति तोकेको यो चलचित्रले हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ का कारण १५ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । चलचित्र ‘कठपुतली’ ले यसअघि नै पुस १६ गतेलाई रिलिज मिति तोकिसकेको अवस्थामा ‘चपली हाइट ३’ जुध्न आइपुगेको थियो ।

एउटा नेपाली चलचित्र हलमा रिलिज भएको दुई सातासम्म अर्को नेपाली चलचित्र रिलिज गर्न पाइने नियमको उल्लंघन भएको भन्दै ‘चपली हाइट ३’ लाई पछि सार्न दबाब परेको थियो ।नेपाल चलचित्र संघको कार्यालयमा चलचित्र विकास बोर्ड, चलचित्र संघ र ‘चपली हाइट ३’ निर्माण पक्षबीच भएको कुराकानीमा निर्माता अर्जुन कुमार प्रदर्शन मिति पछि सार्न तयार भएका हुन् ।सौर्य दैनिकमा खबर छ । चलचित्रको प्रदर्शन मिति नसारेको खण्डमा अन्य नियमसमेत लागू नगर्ने चेतावनी हल सञ्चालकले दिएका थिए ।

चलचित्रको ट्रेलर बजाएको रकम नलिने, हलमा पोटस्र राखेको रकम नलिने, पहिलो सातामा नेपाली चलचित्रले ५५ प्रतिशत शेयर र बाँकी हप्तादेखि ५० प्रतिशत शेयर पाउने नियम पनि चलचित्र संघले बनाएको थियो । निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाइट ३’ मा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम लगायतका कलाकारको प्रमुख भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर