राजस्थानका समुदायले अक्षय कुमारको चलचित्र ‘पृथ्वीराज’लाई दिए प्रदर्शन हुन नदिने चेतावनी — OSNepal

राजस्थानका समुदायले अक्षय कुमारको चलचित्र ‘पृथ्वीराज’लाई दिए प्रदर्शन हुन नदिने चेतावनी

LC (KTM) January 02, 2022 0

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘पृथ्वीराज’ प्रदर्शन मिति नजिकिँदै गर्दा थप विवादमा फसेको छ । राजस्थान क्षेत्रका गुर्जर समुदायले अक्षय अभिनीत उक्त चलचित्रलाई प्रदर्शन हुन नदिने चेतावनी दिएका छन् । उनीहरुले चलचित्रमा जबसम्म पृथ्वीराज चौहानलाई ‘राजपूत’ समुदायको भनिन्छ, तबसम्म प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन् । गुर्जर समुदायले पृथ्वीराज आफ्नो समुदायको भएको जिकिर गर्दै आएका छन् ।

तर, राजपूतले भने उनीहरुको दाबीलाई नकार्दै चलचित्रको नाम ‘पृथ्वीराज’ मात्रै नभएर ‘पृथ्वीराज चौहान’ हुनुपर्ने माग राख्दै आएका छन् । दुई समुदायको दाबीबीच अभिनेता अक्षयको चलचित्र ‘पृथ्वीराज’ घनचक्करमा फसेको छ । गुर्जर नेता हिम्मल सिंहले पृथ्वीराज चौहन गुर्जर समुदायको भएको जिकिर गरेका छन् । सौर्य दैनिकमा खबर छ । उनले भनेका छन्, ‘पृथ्वीराज फिल्म चन्दबरदाईले लेखेको ‘पृथ्वीराज’ माथि आधारित भएको यसको ट्रेलरमा देखाइएको थियो । इतिहासमा उपलब्ध शिलालेखको अध्ययन गरी लेखिएको किताबमा पृथ्वीराजको शासनकाल ४०० वर्ष पहिलेको लेखिएको छ । यी कुराले पृथ्वीराज चौहान गुर्जर समुदायको भएको पुष्टि हुन्छ ।’

यो चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा निर्माण भएको ऐतिहासिक चलचित्र हो । यो चलचित्र आगामी वर्ष जनवरी २१ मा प्रदर्शन हुने जनाइएको छ । तर, विभिन्न समुदायको विवाद र कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण चलचित्रको प्रदर्शन केही पछि सर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो चलचित्रमा अभिनेता अक्षयसँगै अर्का अभिनेता सञ्जय दत्त, सोनु सुद, मानुसी चिल्लर लगायतका कलाकारको अभिनय छ ।राजस्थानका समुदायले अक्षय कुमारको चलचित्र ‘पृथ्वीराज’लाई दिए प्रदर्शन हुन नदिने चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर