३७ हजार रुपैयाँ लगानी गरेर ३० वर्षीया महिलाले सुरु गरिन मैनबत्तीको व्यवसाय,दिन मै गर्छिन ७४ लाख भन्दा बढि कमाइ — OSNepal

३७ हजार रुपैयाँ लगानी गरेर ३० वर्षीया महिलाले सुरु गरिन मैनबत्तीको व्यवसाय,दिन मै गर्छिन ७४ लाख भन्दा बढि कमाइ

LC (KTM) January 02, 2022 0

एउटी महिलाले जागिर छाडेर मैनबत्तीको व्यवसाय सुरु गरिन् । उनले करिब ३७ हजार रुपैयाँ लगानी गरेर यो सानो व्यवसाय सुरु गरेकि हुन् । तर, मात्र २ वर्षमा उनको व्यापार अहिले करोडौंको भएको छ । यिनै युवतीको बारेमा आज हामी तपाई लाई जानकारी दिदैछौ । डेली मेल’ को रिपोर्टका अनुसार यी ३० वर्षीया महिलाको नाम जेनेल पालिब्रुक हो । जेनेल मेलबर्न, अष्ट्रेलियाकी हुन् ।

हालसम्म उनी साउदी अरेबियाको मक्कामा काम गर्थिन् । जेनेलका दुई सन्तान छन् । सन् २०१९ को मार्चमा बुबाको निधनपछि जेनेल अस्ट्रेलिया आइन् र क्रिस्टल क्यान्डलको व्यवसाय सुरु गरिन्, त्यसपछि उनले ३७ हजार रुपैयाँ लगानी गरिन् । तर, दुई वर्षमै जेनेलको व्यापार यति बढ्यो कि अहिले उनको व्यापार १८ करोडभन्दा बढी भएको छ ।जेनेलका श्रीमान्सँगै कम्पनीमा कुल १२ जना कर्मचारी छन् । गत साता बक्सिङ डेको अवसरमा जेनेलले एकै दिन ७४ लाख ५४ हजार रुपैयाँ बराबरको हातले बनाएको क्रिस्टल मैनबत्तीको स्टक बिक्री गरिन् ।मैनबत्ती, डिफ्युजर र क्रिस्टल समावेश भएको सीमित संस्करणको किटको मूल्य लगभग १५,००० रुपैयाँ छ।

तर वर्षमा चार पटक ग्राहक आकर्षित गर्न रु ७४०० भन्दा कममा बिक्री हुने गरेको छ । ‘डेली मेल’सँग कुरा गर्दा जेनेलले उत्पादनको बिक्रीबारे भावुक भइन् । हाम्रा ग्राहकहरूले ब्रान्डलाई धेरै माया दिइरहेका छन्,–उनले भनिन् । यो निकै खुसीको क्षण हो । जेनेल भन्छिन्– कि हामी ग्राहकको हरेक सन्देशको जवाफ दिन्छौं र उत्कृष्ट सेवा दिन्छौं। हामी छिटो भन्दा छिटो डेलिभरी गर्न प्रयास गर्छौं।हाम्रा लागि ग्राहक सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हातले बनाएका विभिन्न किसिमका मैनबत्ती करिब ५५ घण्टा जलाइन्छ जसको मूल्य ४ हजारसम्म पर्छ । जेनेलले अष्ट्रेलियामा लकडाउनका क्रममा मैनबत्तीको बिक्री बढेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर