OSNepal शुक्रबार, माघ ७ २०७८

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

  • OSNepal
  • आइतबार, पौस १८ २०७८


कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट
Reading Time: < 1 minute

काठमाडौं, १८ पुस-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।

आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् । उनले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड