आखिर शिर निहुराएर बुवा अगाडी किन झुके त अभिनेता वरुण धवन , कारण रहेछ यस्तो — OSNepal

आखिर शिर निहुराएर बुवा अगाडी किन झुके त अभिनेता वरुण धवन , कारण रहेछ यस्तो

LC (KTM) January 02, 2022 0

अभिनेता वरुण धवन आफ्नो परिवारसँग एकदमै नजिक रहेका छन् । उनको परिवार नै साथीभाई जस्तै रहेको छ । अभिनेता वरुणले आफ्ना बुवा डेभिड धवनसँगको सम्बन्धलाई धेरै पटक उल्लेख गरिसकेका पनि छन् । अभिनेताले पनि उनको बुवा डेभिड धवनको आशिर्वाद लिएर नयाँ वर्षको सुरुवात गरेका छन् ।

उनले बुवासँगको एकदमै खुसी भएको तस्बिर शेयर गर्दै फ्यानहरुलाई नयाँ वर्षको शुभकामना समेत दिएका छन् । तस्बिरमा वरुण बुबाको खुट्टा नजिकै बसेर मुस्कुराएको देखिन्छ । डेभिडले आफ्नो छोराको टाउकोमा हात राखेर आशीर्वाद दिइरहेका छन् । बाबु छोराको यो हँसिलो तस्बिरले बलिउड सेलिब्रेटि देखी लिएर फ्यानहरुको समेत मन जितेको छ ।

यो फोटो देखेर टिभीका लोकप्रिय होस्ट मनिष पल चुप बस्नै सकेनन् । उनी लेख्छन्( कृपया मेरो तर्फबाट पनि आफ्नो खुट्टा छुनुहोस् । म चाँडै व्यक्तिगत रूपमा भेट्न आउनेछु । वरुणको यो तस्बिरलाई अन्य सेलिब्रेटीसहित फ्यानले तारिफ गरेका छन् । कसैले हार्ट इमोजी दिएका छन् भने कसैले ‘यो तस्विर आशीर्वाद हो’ लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर