अभिनेता मिलिन्द सोमनले पत्नी अंकिता संग दौडिए ११० किलो मिटर , युनिक अन्दाजमा गरे पाटी — OSNepal

अभिनेता मिलिन्द सोमनले पत्नी अंकिता संग दौडिए ११० किलो मिटर , युनिक अन्दाजमा गरे पाटी

LC (KTM) January 02, 2022 0

अभिनेता-मोडल मिलिन्द सोमनको फिटनेस र जोशको बारेमा थाहा नहुने कमै मात्र रहेका छन् । उनि आफ्नो फिटनेस प्रति एकदमै सचेत रहेका छन् । यि अभिनेताको लागि एक दिन पनि जाँदैन जब उसले आफ्नो दैनिक कसरत मिस गरेको छ। मिलिन्दले आफ्नी श्रीमती अंकिता कोन्वरसँग यस्तै स्पोर्टी शैलीमा वर्ष २०२१ को अन्त्य गरेका छन् ।

मिलिन्दले आफ्नो सबैभन्दा लामो दौड २०२१ मा पूरा गरेका छन् । उनले तस्विर शेयर गर्दै यसबारे जानकारी दिएका छन् । मिलिन्दले आफ्नो सबैभन्दा लामो ११० किलोमिटर दौड जैसलमेरमा पूरा गरेका छन् । उनले तीन दिनअघि इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै लेखेका थिए– २०२१ को सबैभन्दा लामो दौडको लागि रुट चेक गर्दै।

भोलि र पर्सि अंकिता र म केही क्रेजि साथीहरु संगै लाठी देखि जैसलमेर सम्मको ११० किलोमिटर दौडने र यस्तै पार्टी गर्नेछौं। यसपछि उनले आफ्नो दौडको भिडियो सेयर गर्दै लेखेका छन् – यो पागल दौडको आठौं वर्ष, तर यो हाम्रो अन्तिम वर्षको अन्त्य गर्ने तरिका हो, हाम्रो शक्ति सुनिश्चित गर्न र यसरी अगाडि बढ्ने संकल्प हो । आफ्नो ११० किलोमिटरको लामो दौड पूरा गरेपछि जनवरी १ मा मिलिन्द सोमनले पोस्ट सेयर गरेर पूरा गरेको जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर